अवैध कारोबारकाे आराेपमा चार जनाविरुद्ध १५ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दर्ता
काठमाडाैं | असोज १६, २०८०
काठमाण्डौ: राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी आज मुद्दा दर्ता गरेको छ ।
विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, त्यही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरुमध्ये पवन र अरुण भने फरार रहेका विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका–१५ कालीचौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ७ सी ४२२४ नम्बरको कारलाई रोकी जाँच गर्ने क्रममा कारको चालक बस्नेतर्फको दुईवटा सिटमुनि एक हजार दरका तीन हजार चार सय थान थान ९ ३४ लाख० र पाँच सय दरका दुई हजार थान ९ १० लाख० फेला पारि राजस्व अनुसन्धान विभागमा बुझाएको थियो ।
त्यसपछि विभागले गरेको सूक्ष्म अनुसन्धानमा प्रेमकुमार यादव, सञ्जयकुमार साह, पवनकुमार यादव र अरुण यादवसमेतको मिलेमतोमा गैह्रकानुनी रूपमा इजाजत प्राप्त नगरि प्रेमकुमार यादवले भारतीय नागरिक राजकुमार पासवानबाट रकम आएको पाइएको अधिकारीले बताउनुभयो ।
विभागका अनुसार राजकुमार पासवानबाट प्राप्त गरी अन्यलाई बुझाउन बाँकी रहेको रकम ८३ लाख ३८ हजार रुपैयाँसमेत गरी जम्मा एक करोड २७ लाख ३८ हजार रुपैयाँ बरामद गरिएको थियो ।
अनुसन्धानका क्रममा अरुण यादवलाई आठ करोड करोड ६५ लाख ६० हजार र पवनकुमार यादवलाई पाँच करोड आठ लाख ८८ हजार रुपैयाँ गरी जम्मा बिगो १५ करोड एक लाख ८६ हजार आठ सय रुपैयाँ बराबरको रकम अवैधरुपमा कारोबार गरेको विभागको दाबी छ ।
उनीहरुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ ‘ग’ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले त्यहीअनुसार आज मुद्दा चलाइएको विभागले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

